|  

कंगोमा इबोलाका कारण मृ#त्यु हुनेको संख्या १३ सय नाघ्यो

१० श्रावण,काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा फैलिएको इबोला महामारीका कारण मृत्यु हुनेको संख्या १,३०९ नाघेको छ ।

पछिल्लो पाँच दिनमै मृत्युदर ४० प्रतिशतभन्दा बढीले बढेको भन्दै जनस्वास्थ्य विज्ञहरूले भाइरस डढेलोझैँ फैलिरहेको चेतावनी दिएका छन्।

सरकारी तथ्यांकअनुसार पुष्टि भएका संक्रमितको संख्या २,९७३ पुगेको छ । संक्रमण र मृत्यु दुवै तीव्र रूपमा बढ्दै गएपछि यो हालसम्मकै सबैभन्दा तीव्र इबोला प्रकोपमध्ये एक बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ।