|  

इरानमाथिको हवाई आक्रमण रोक्न ट्रम्पको सेनालाई निर्देशन 

१० श्रावण,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न आदेश दिएका छन् ।

लगातार १३ दिनसम्म आक्रमण भएपछि ट्रम्पले इरानमाथि थप हमला गर्ने योजना स्थगित गरेको हो ।

युद्ध थप चर्काउँदा मध्यपूर्वमा अमेरिकी सेनासँग रहेका प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका अवरोधक मिसाइल तथा अन्य हवाई प्रतिरक्षा हतियारको मौज्दात खतरनाक रूपमा घट्न सक्ने चिन्ताका कारण राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेको जनाएको छ।

शुक्रबार ट्रम्प, उनका प्रमुख सल्लाहकार तथा मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूबीच भएको बैठकपछि उक्त निर्णय गरिएको हो ।