|  

अमेरिकाले रोक्यो इरानमाथिको आक्रमण

१० श्रावण,काठमाडौं ।  संयुक्त राज्य अमेरिकाले इरानविरुद्धको सैन्य कारबाही अस्थायी रूपमा स्थगित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कारबाही रोकिएको पुष्टि भए पनि यसको कारणबारे विभिन्न सञ्चारमाध्यमले फरक–फरक दाबी गरेका छन्।सीएनएनका अनुसार अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सैन्य कारबाही रोकिएको पुष्टि गरेको छ, तर यो निर्णय कति समयका लागि हो भन्ने खुलाइएको छैन।

सीबीएस न्युजले भने ओमानको मध्यस्थतामा तेहरानमा हुने वार्तालाई असर नपरोस् भनेर अमेरिका पछि हटेको जनाएको छ।

यस्तै, द न्युयोर्क टाइम्सका अनुसार अमेरिकी वायु रक्षा प्रणालीमा प्रयोग हुने इन्टरसेप्टर क्षेप्यास्त्रको भण्डार घट्दै गएको चेतावनीपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले थप सैन्य कारबाही विस्तार गर्ने योजना स्थगित गरेका हुन्।