१० श्रावण, काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र बंगलादेश नेपालसँग विद्युत खरिद गर्न आतुर भएपनि नेपालले उत्पादन बढाउन नसकेको बताएका छन् ।
आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले मागअनुसार नेपालले विद्युत उत्पादन गर्न नसकेको बताएका हुन् । नेपालले करिव ८७ प्रतिशत वस्तु आयात र १३ प्रतिशत मात्र निर्यात गर्ने गरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बन्न विद्युत उत्पादनमा वृद्धि गरि निर्यातमा ध्यान दिनुपर्ने बताए । उनकाअनुसार बंगलादेशले ठूलो परिमाणमा नेपालसंग विद्युतको अपेक्षा गरिरहेको छ । भारतलाई पनि स्वच्छ ऊर्जाको आवश्यकता रहेकाले विद्युत निर्यातको पर्याप्त सम्भावना रहेको उनले बताए । तर नेपालमा विद्युत उत्पादन विस्तारको गति अत्यन्त सुस्त रहेको उनको भनाई छ ।
अध्यक्ष यादवले विगतमा सुरक्षा तथा रणनीतिक कारण देखाउँदै भारतले चिनियाँ लगानीमा उत्पादित नेपाली विद्युत खरिदमा अनिच्छा देखाएपनि अहिले त्यो परिस्थिति नरहेको बताए । उनले चीन–भारतबीच व्यापार र लगानी विस्तार भइरहेकाले नेपालले कूटनीतिक पहल बढाएमा विद्युत निर्यातमा देखिएका अवरोध हट्न उल्लेख गरे । उनले नेपालको बढ्दो व्यापार घाटा कम गर्ने सबैभन्दा प्रभावकारी उपाय नै जलस्रोतको उपयोगमार्फत विद्युत उत्पादन र यसको व्यापार रहेको बताए । विद्युत उत्पादनसँगै सिंचाई र खानेपानी क्षेत्रमा पनि जलस्रोतको प्रभावकारी उपयोग गर्नसके नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रतर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने उनको दाबी छ । उनले भने,‘हामी करिव-करिव ८७ प्रतिशत आयात गर्छौं, १३ प्रतिशत हामी मात्रै निर्यात गर्छौं । हाम्रो व्यापार घाटा निकै ठूलो छ । अब यो व्यापार घाटालाई कम गर्नका लागि अन्तर्राष्ट्रिय बजारमा हाम्रो बिक्ने के छ हामीसँग ? के उत्पादनलाई लिएर हामी त्यो व्यापार घाटा कम गर्ने ? त्यो व्यापार घाटा कम गर्ने सबैभन्दा ठूलो उपाय भनेकै जलस्रोत हो, विद्युत उत्पादन नै हो । विद्युत व्यापार गर्ने भारत, बंगलादेश लगायत केही मुलुकहरुसँग समझदारी पनि भएको छ । बंगलादेशलाई ठूलो मात्रामा बिजुली चाहिएको छ, भारतलाई पनि चाहिएको छ । हुन त भारतले अहिले सोलारमा अलि बढी जोड दिइरहेको देखिन्छ । तर सबैभन्दा सेफ क्लीन इनर्जी नै हो । यसलाई रिप्लेस अरुले गर्न निकै कठिन छ । ठूलो मात्रामा भारतलाई बिजुलीको जरुरी छ । भारतको प्रधानमन्त्री नेपाल भ्रमणको बेलामा नेपाललाई हामी उत्पादनमा सहयोग गर्छौ, किन्छौँ, पैसा दिएर किन्छौँ । बिजुली तपाईहरु बेच्नुस्, उत्पादन गर्नुस्, बेच्नुस् हामी किन्न तयार छौ, भनेका छन् । बंगलादेशले नेपालतिर हेरेर बिजुली कहिले नेपालको बिजुली आउने हो भनेर हेरिरहेको हुन्छ । तर हाम्रो यहाँ चाहीँ के हो, उत्पादन एकदम स्लो छ । कहिले एउटालाई ठेक्का दियो अनि रद्द ग¥यो, फेरि अर्कालाई दियो त्यसको रद्ध ग¥यो, फेरि एउटाले आधा काम ग¥यो, छोडेर हिँड्यो, फेरि अर्कोले शुरु ग¥यो, हामी यसै गरेर कहाँ न कहाँ अल्मलिएको छ । यस विषयमा पनि ध्यान दिएर विद्युत् उत्पादन, सिंचाई र विद्युत उत्पादन, खानेपानीतर्फ उत्पादन बढाउनेतर्फ ध्यान दिएर अगाडि बढ्ने हो भने यो वाटर रिसोर्सले नेपाललाई लिस्ट डेभलप्ड कन्ट्रीबाट डेभलपिङ कन्ट्रीमा सजिलै लैजानसक्छ । अहिले परिस्थितिहरु चेन्ज भइरहेको छ, विगतमा भारतले सेक्युरिटी र स्ट्राटेजिक कारणले नेपालमा चिनियाँ लगानीमा बनेका र उत्पादन हुने हामी किन्दैनौ भनेको थियो । तर अहिले स्थिति बदलिँदै गएको छ, इनर्जीको आवश्यकता धेरै भएको छ, चीन र भारतको बीचमा व्यापार धेरै माथि पुगेको छ । भारतमै पनि चिनियाँ इन्भेस्टमेन्ट निकै बढेर गएको छ । त्यो कन्टेक्स्टमा नेपालले लबिङ गर्ने हो भने त्यो समस्या रहला जस्तो मलाई लाग्दैन । किनभने त्यो बिजुलीबाट भारतले पनि निकै क्षेत्रमा उसले विकास अगाडि बढाउने सम्भावना रहेको छ । तर उत्पादन नै हामीले गरेर बेच्न सक्ने अवस्थामा एकदमै पछि परेको छौँ । यो विद्युत, सिंचाई लगायतका क्षेत्रमा यसको उपयोग गरेर नेपाललाई समृद्ध बनाउँ, मुलुक बनाउने हामीसँग जुन नेचुरल रिसोर्स छ । यो खेर बगेर गइराखेको छ । बढी राजनीतिकरणले गरेर पनि होला । बेलाबेलामा धेरै राजनीतिकरण हुने गरेको छ, त्यसले पनि समस्या विगतमा नदेखिएको होइन तर यी विषयलाई हल गरेर अगाडि बढ्नुपर्छ ।’
उनले चुरे संरक्षणमा जोड दिन पनि सरकारसँग आग्रह गरे। चुरे क्षेत्रमा भएको दोहन र वन फँडानीले जलस्रोतमा समस्या देखिएको बताए । पछिल्लो समयमा जलवायू परिवर्तन र चुरे विनासको कारण हिमालमा हिउँ नहुने तथा तराईमा सुख्खापन हुँदा खानेपानी, सिँचाई, उर्जा लगायतका क्षेत्रमा ठूलो असर परिरहेको उनको भनाई छ । उनले चुरे संरक्षण गर्नै राज्यले ध्यान नदिएको पनि गुनासो गरे ।–न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar