११ श्रावण, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना चोकमा आज बिहान मिनी ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सतुंगलबाट कलंकीतर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशामा चलिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक दुर्घटना आज बिहान करिब ३ बजे आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक चन्द्रागिरि–१२ निवासी ४० वर्षीय दीपक नेपालको उपचारका क्रममा बी एण्ड बी अस्पताल, ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्कुटरमा पछाडि सवार ५६ वर्षीया सुभद्रा कुमारी नेपाल घाइते भएकी छन्। उनको शहीद मेमोरियल अस्पताल, कलंकीमा उपचार भइरहेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar