|  

साउनको दोस्रो सोमबारः पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

११ श्रावण, काठमाडौं । साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ३ बजेदेखि मन्दिरका चारै ढोका खोलिएको छ । साउने झरीका बीच पनि भक्तजन बिहानैदेखि दर्शन र पूजाआराधनाका लागि मन्दिर पुगेका छन् ।

श्रद्धालुको सहज, सुरक्षित र व्यवस्थित दर्शनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी तथा अन्य निकाय परिचालन गरिएको छ।