|  

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन हुँदै

११ श्रावण, काठमाडौं ।  मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षको उपस्थितिमा बिहान १०ः२५ बजे सुरुङमार्ग उद्घाटन गरिनेछ। उद्घाटनपछि निर्माण कम्पनीले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ।

प्रारम्भिक चरणमा एम्बुलेन्स, सुरक्षा निकाय र अन्य अत्यावश्यक सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइनेछ।

केही दिन परीक्षणपछि सबै योग्य सवारीसाधनका लागि सुरुङमार्ग खुला गरिनेछ। परीक्षण अवधिमा कुनै शुल्क लाग्ने छैन।