११ श्रावण, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको हिंसात्मक झडप र प्रहरीको गोलीबारीपछि स्थानीय प्रशासनले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।
आइतबार राति बोलबम यात्राका क्रममा डिजेको आवाजलाई लिएर विवाद हुँदा झडप भएको थियो। स्थिति नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्। घटनापछि देवानगञ्ज र हरिनगर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त सुरक्षा परिचालन गरिएको छ ।
यसैबीच, घट्नास्थल पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद लालविक्रम थापाले भीड नियन्त्रणका नाममा सुरक्षाकर्मीले सर्वसाधारणमाथि अत्यधिक र घातक बल प्रयोग गरेको गम्भीर आरोप लगाएका छन्।
“हाम्रा अबोध युवाहरूमाथि ताकी–ताकी गोली हानिएको छ। घाइतेहरूको अवस्था हेर्दा धेरैजसोलाई कम्मरभन्दा माथिल्लो भाग, पेट र ढाडमा गोली लागेको छ,” सांसद थापाले भने, “भीड नियन्त्रण गर्दा घुँडामुनि गोली हान्नुपर्नेमा सर्वसाधारणलाई मार्ने नै नियतले शरीरका संवेदनशील भागमा गोली चलाइएको देखिन्छ।”
उनले सरकारको असफलता ढाकछोप गर्न घटनालाई धार्मिक रंग दिन खोजिएको हो कि भन्ने आशङ्का व्यक्त गर्दै प्रशासनलाई थप हिंसा हुन नदिन संयमता अपनाउन आग्रह गरेका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar