|  

इरानमाथि अमेरिकी आक्रमणमा ब्रेकः कूटनीतिक वार्ताका लागि ट्रम्पले दिए समय

११ श्रावण, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक संवादलाई अवसर दिन इरानमाथि प्रस्तावित सैन्य आक्रमण लगातार दोस्रो रात पनि स्थगित गरेका छन् ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जका अनुसार वार्ताका लागि समय उपलब्ध गराउने उद्देश्यले राष्ट्रपतिले यो निर्णय गरेका हुन् ।

यसैबीच, इरानी सेनाले पनि क्षेत्रीयस्तरमा भइरहेका आफ्ना प्रतिशोधात्मक आक्रमणहरू स्थगित गरेको जनाएको छ।

गत जुनमा भएको युद्धविराम सम्झौता उल्लंघन भएपछि अमेरिका र इरानबीच पछिल्ला दुई सातादेखि प्रतिआक्रमणको शृंखला जारी थियो।