|  

धनगढीमा आ#त्मदाहको प्रयास गरेकी ३५ वर्षीया युवतीको मृ#त्यु

११ श्रावण, काठमाडौं ।  धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरी रहेकी छन् । चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।

आफन्तले उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए । उपचारका क्रममा उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए ।

गम्भीर अवस्थाकी उनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने तयारी गरिए पनि आफन्तले काठमाडौँ लगेका थिए । काठमाडौँ लैजाँदै गर्दा सोमबार बिहान ७ बजेतिर धादिङ पुग्दा बाटोमै उनको मृत्यु भएको हो ।