|  

माइतीघर डुबानको मुख्य कारण प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमण

११ श्रावण, काठमाडौं ।   माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा हुने डुबानको मुख्य कारण पूर्वाधार निर्माणमा भएको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदनले निष्कर्ष निकालेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययनअनुसार ढल निकास प्रणालीमा इन्जिनियरिङ त्रुटिका कारण माथिल्लो भागबाट आउने पानीको चाप तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा सडक जलमग्न हुने गरेको छ ।

टुकुचा खोलाको सतह बढ्दा ढलको पानी उल्टै सडक र बस्तीमा फर्किने समस्या पनि डुबानको प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ।  माइतीघर डुबानमा अर्को कारण अतिक्रमण पनि उस्तै जिम्मेवार देखिएको प्रतिवेदनमा उल्लेख छ ।

अनुगमनका क्रममा कतिपय ठाउँमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचना निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ ।