|  

प्रहरी भन्छः सुनसरीमा थप आठजनालाई लागेको छ गोली

११ श्रावण, काठमाडौं ।  देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको छ।

गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनामा थप आठ जना सर्वसाधारण गोली लागेर घाइते भएका छन्गोली लागेर घाइते भएका आठैजनाको उपचार जारी छ ।

मोरङको विराटनगरका विभिन्न अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । घटनामा नौ सर्वसाधारण, नेपाल प्रहरीका आठ र सशस्त्र प्रहरीका पाँच गरी कुल २२ जना घाइते भएका प्रहरीले जनाएको छ ।