११ श्रावण, काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको अवस्था सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ ।
ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि परिस्थिति निक्कै असामान्य र जटिल बनेको हो । आइतबार रातिको हिंसात्मक झडपपछि लगाइएको कर्फ्यु सोमबार बिहानैदेखि प्रभावहीन बन्दै गएको थियो । कर्फ्यु आदेशको उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएको भिडले स्थानीयका पसलमा तोडफोड र आगजनी सुरु गरेपछि कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर पुगेको छ ।
भिडलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रयास गरे पनि सम्भव भइरहेको छैन । भिडले स्थानीयका पसलहरू तोडफोड गर्न थालेका छन् । सोमबार बिहान करिब १० बजेदेखि कर्फ्यु आदेशलाई चुनौती दिँदै चारदेखि पाँच सय जनाको समूह सडकमा उत्रिएको थियो ।
प्रदर्शनकारीले कप्तानगन्ज चोकमा टायर बालेर नाराबाजी गर्नुका साथै स्थानीयका पाँचवटा पसलमा तोडफोड गरेका छन् । एउटा फार्मेसी,एउटा मोटरसाइकल मर्मत गर्ने ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
पसलहरूमा आक्रमण गरी सामान बाहिर निकालेर आगो लगाइएको सुरक्षा स्रोतले जनाएको छ । पसलहरूमा आक्रमण हुन थालेपछि स्थानीय आतंकित भएका छन् । डराएर सर्वसाधारणबीच भागदौड मच्चिन थालेको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar