|  

गृहमन्त्री गुरुङले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

११ श्रावण, काठमाडौं ।  सुनसरीको देवानगञ्जमा भएको धार्मिक सद्‌भाव भड्किएको घटनाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)र सशस्त्र प्रहरी प्रमुखसँग छलफल गरेपछि मन्त्री गुरुङले सोमबार साँझ बैठक बोलाएका हुन्।

आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

बैठकमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानका उपायबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ।