११ श्रावण, काठमाडौं । व्यवस्थापन संकायको प्रश्नपत्र बाहिरिएको घटनापछि त्रिभुवन विश्वविद्यालयले परीक्षामा आचारसंहिता कडाइका साथ लागू गर्ने भन्दै विद्यार्थीलाई चेतावनी दिएको छ।
त्रिविका रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले व्यवस्थापन संकायका करिब १७ हजार विद्यार्थी परीक्षामा सहभागी भइरहेको उल्लेख गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन्। व्यवस्थापन संकायअन्तर्गत स्नातक, स्नातकोत्तर र एमफिल तहका परीक्षा सञ्चालन भइरहेका बेला त्रिविले परीक्षार्थीका लागि ६ बुँदे आचारसंहिता सार्वजनिक गरेको छ। सूचनाअनुसार परीक्षार्थीले वैध प्रवेशपत्र अनिवार्य ल्याउनुपर्ने, तोकिएको सिटमै बसेर परीक्षा दिनुपर्ने तथा केन्द्राध्यक्ष वा निरीक्षकको अनुमति बिना परीक्षा भवन वा सिट छोड्न नपाइने व्यवस्था गरिएको छ। परीक्षा सुरु भएको एक घण्टाभित्र परीक्षा भवनबाट बाहिर निस्कन पनि रोक लगाइएको छ।
यस्तै, मोबाइल फोन, स्मार्टवाच, चिट, पुस्तक तथा अन्य निषेधित सामग्री परीक्षा हलमा लैजान नपाइने त्रिविले स्पष्ट गरेको छ। नक्कल गर्ने, अरूलाई सहयोग गर्ने, अर्काको सट्टा परीक्षा दिने, परीक्षा सञ्चालनमा अवरोध पुर्याउने वा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ। त्रिविले परीक्षा नियम र आचारसंहिता उल्लंघन गर्ने परीक्षार्थीको परीक्षा रद्द गरिनुका साथै निश्चित अवधिसम्म परीक्षामा सहभागी हुन नपाउने र आवश्यक परे कानुनी कारबाहीसमेत हुन सक्ने चेतावनी दिएको छ।

Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar