११ श्रावण, काठमाडौं । मोरङमा एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
गएको साउन ३ गते बिहान मोरङ सुनबर्षी नगरपालिकाकी एक बालिकालाई सिटी चालक १८ वर्षका मोहम्मद अरमानले ललाइफकाइ रंगेली नगरपालिका–०३ स्थित युमी क्याफेमा पुर्याएका थिए । त्यहाँ विभिन्न प्रलोभनमा पारी अरमानले जबरजस्ती करणी गरेका थिए । त्यसपछि सोही क्याफेका सञ्चालक २१ वर्षका सुमन कुमार साहले पनि बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, साउन ४ गते राति अन्दाजी २१ः०० बजेको समयमा पीडित बालिकालाई रंगेली नगरपालिका–०७ का २० वर्षका करण मण्डलले रंगेली–०७ स्थित संसारी मन्दिर नजिकै रहेको ‘द नाइन्टीज’ क्याफेमा लगेका थिए।
त्यहाँ मण्डलसहित १८ वर्षका प्रियान्सु साह र १८ वर्षका रितिक यादवले सामूहिक जबरजस्ती करणी गरेको उजुरी परेको छ।घटनाबारे उजुरी परेपछि साउन १० गते दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar