११ श्रावण, काठमाडाैं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन भएको छ।
प्रदर्शनकारीले सिरहाको कर्जन्हा नगरपालिका-बन्दीपुरस्थित पूर्व-पश्चिम राजमार्गमा टायर बालेर केही समय सडक अवरुद्ध गरेका थिए। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार घटनाको विरोधमा केही स्थानीय सडकमा उत्रिएका थिए। प्रहरीको समझाइ–बुझाइपछि राजमार्ग सञ्चालनमा आएको र अहिले अवस्था सामान्य रहेको उनले जानकारी दिए। यसअघि सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा दुई समूहबीच विवाद हुँदा झडप भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको तथा त्यसपछि पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको जनाएको छ। प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो। घटनामा घाइते भएकाहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar