११ श्रावण,काठमाडाैं । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा प्रहरी गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा बनेको समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाउन एक साताको समय दिइएको छ। घटनाबारे छलफल गर्न सोमबार केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बोलाइएको छ। कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।
प्रहरीका अनुसार बोलबम यात्राका लागि ठूलो आवाजमा डिजे बजाउँदै जाने तयारीलाई लिएर विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र हवाई फायर गर्दा पनि अवस्था सामान्य नभएपछि गोली चलाइएको प्रहरीको दाबी छ। घटनापछि सुनसरी प्रशासनले हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। कर्फ्यु अवधिमा आवतजावत, भेला, जुलुस र प्रदर्शनमा रोक लगाइएको छ। उल्लंघन गरेमा कानुनी कारबाही हुने प्रशासनले जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar