११ श्रावण,काठमाडाैं । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको झडपपछि गृह मन्त्रालयले जिल्लाको सुरक्षा नेतृत्वमा हेरफेर गरेको छ।
घटनाको व्यवस्थापनमा कमजोरी देखिएको भन्दै प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरूलाई जिम्मेवारीबाट फिर्ता बोलाइएको हो। गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर उनको स्थानमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाएको छ। त्यस्तै, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं सरुवा गरिएको छ भने उनको ठाउँमा डीआईजी शेखर खनाललाई पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवेलाई पनि सरुवा गरिएको छ। उनको स्थानमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई जिम्मेवारी दिइएको छ। सशस्त्र प्रहरीतर्फ कप्तानगञ्जका डीएसपी नन्दकिशोर महतोको ठाउँमा डीएसपी मदन नाथलाई खटाइएको छ।
देवानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा ९ सर्वसाधारणसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २४ जना घाइते भएका छन्। घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
यसैबीच, थप तनाव फैलिन नदिन देवानगञ्ज र हरिनगर क्षेत्रका केही स्थानमा प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar