|  

आइसीसी विश्वकप क्रिकेट लिग–२ः नामिबियासँग फेरि पराजित भयो नेपाल

१२ श्रावण, काठमाडौं ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ ।

२१२ रनको लक्ष्य पछ्याएको नेपाल ६ विकेटको क्षतिमा २०८ रनमै रोकियो । नेपालका लागि आसिफ शेखले ४५ र कप्तान रोहित पौडेलले ४१ रन बनाए ।

अन्तिम बलमा पाँच रन आवश्यक हुँदा नेपालले एक रन मात्र जोड्न सक्यो। लगातार तेस्रो हारसँगै नेपालको विश्वकप छनोटमा स्वतः प्रवेशको सम्भावना लगभग समाप्त भएको छ।