|  

स्वास्थ्य सेवा अवरुद्ध नगर्न अस्पतालहरूलाई मन्त्रालयको अपिल

१२ श्रावण, काठमाडौं ।  चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा अवरुद्ध नगर्न सबै अस्पताललाई अपिल गरेको छ।

मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढिरहेको जनाउँदै उपचार सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै कुनै पनि अवस्थामा स्वास्थ्य सेवा रोक्न नहुने बताएका छन्।

मन्त्रालयले सबै अस्पताललाई नियमित सेवा सञ्चालन गर्न समेत आग्रह गरेको छ।