|  

सुनसरी झडपको असरः विराटनगरका विद्यालय बन्द

१२ श्रावण, काठमाडौं । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको झडपपछि सुरु भएको प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा कलेजहरू मंगलबार बन्द भएका छन् ।

प्रहरीको गोली लागेर एक जनाको मृत्यु र ९ जना घाइते भएपछि घटनाको विरोधमा सोमबार विराटनगरमा प्रदर्शन भएको थियो । सुरक्षा जोखिम र यातायात अवरोधको सम्भावनाका कारण विद्यालयहरूले पठनपाठन स्थगित गरेका हुन् ।

विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले औपचारिक रूपमा बिदा घोषणा नगरे पनि स्कुल बस सञ्चालनमा अवरोध हुने जानकारी पाएपछि अधिकांश शैक्षिक संस्था स्वतः बन्द भएको हो ।