|  

एक मात्रै अवैतनिक सल्लाहकार राखेको छु : अर्थमन्त्री वाग्ले

१२ श्रावण, काठमाडाैं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूले एक जना मात्रै अवैतनिक राजश्व सल्लाहकार नियुक्त गरेको बताएका छन्।

अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजश्व समीक्षा बैठकमा उनले राजश्व व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर यस्तो निर्णय गरिएको बताए। प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा धेरै सल्लाहकार रहेको संकेत गर्दै वाग्लेले आफूले भने केवल एक जना अवैतनिक सल्लाहकारमार्फत काम गरिरहेको उल्लेख गरे।