|  

विदेशमा रहेका नेपालीका लागि मतदानका ५ मोडेल प्रस्ताव

१२ श्रावण, काठमाडाैं । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनमा सहभागी गराउन सकिने पाँच मतदान मोडेल संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तुत गरेका छन्।

सिंहदरबारमा कार्ययोजना प्रस्तुत गर्दै उनले मतपेटिकामा आधारित मतदान, हुलाकमार्फत मतदान, प्रतिनिधिमूलक मतदान, इन्टरनेट भोटिङ र मिश्रित मोडेल गरी पाँच विकल्प अघि सारेका हुन्। वाग्लेले दूतावासमार्फत प्रत्यक्ष मतदान विश्वसनीय, हुलाक मतदान कम खर्चिलो, प्रतिनिधिमूलक मतदान सीमित अवस्थाका लागि उपयुक्त, इन्टरनेट भोटिङ प्रविधिमैत्री तथा मिश्रित मोडेल सबैभन्दा लचिलो हुने उल्लेख गरेका छन्। नेपालको सन्दर्भमा भने उनले आवश्यक कानुनी, प्राविधिक र संस्थागत तयारीसहित चरणबद्ध रूपमा विदेशस्थित नेपालीलाई मताधिकार सुनिश्चित गर्नुपर्ने सुझाव दिएका छन्।

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन वाग्लेले प्रस्तुत गरे ५ ‘भोटिङ मोडेल’