|  

सुनसरी–मोरङमा आज पनि प्रदर्शन, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

१२ श्रावण, काठमाडौं ।  सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले मंगलबार पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छ ।

प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन् ।प्रदर्शनकारीले विराटनगरमा पनि प्रदर्शन गरिरहेका छन् ।

बजार क्षेत्रमा भेला भएका युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरिरहेका हुन् । राजमार्गको पकलीदेखि कोशी ब्यारेज क्षेत्रको ठाउँठाउँमा अवरोध छ ।

प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिम जाने सवारी साधनहरूलाई रोकेको छ ।