१२ श्रावण, काठमाडौं । सुनसरीको देवानगञ्ज-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य–सचिव रहेका छन्। समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी एक साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। साथै, यस्ता घटना भविष्यमा दोहोरिन नदिन आवश्यक सुझावसमेत प्रतिवेदनमा समेट्नुपर्ने कार्यादेश दिइएको छ। देवानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको छ। घटनापछि प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु जारी गरेको छ।
यसअघि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका उच्च अधिकारीसँग छलफल गरेपछि छानबिन समिति गठन गर्ने निर्णय गरिएको हो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar