१२ श्रावण, काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र तोडफोडप्रति ध्यानाकर्षण जनाउँदै थापाले स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु गम्भीर विषय भएको बताए। उनले पेशागत सुरक्षाका लागि चिकित्सकहरू आन्दोलनमा उत्रनुपर्ने अवस्था आउनु चिन्ताजनक रहेको भन्दै यस समस्याको तत्कालीन र दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरे। थापाले घटनामा संलग्न दोषीलाई कानुनअनुसार कारबाही गर्न, वार्ताका क्रममा दुर्व्यवहार भएको भनिएका अधिकारीमाथि निष्पक्ष छानबिन गर्न तथा नेपाल चिकित्सक संघसँग तत्काल संवाद अघि बढाउन माग गरे।
स्वास्थ्य सेवा अत्यावश्यक क्षेत्र भएकाले बिरामीलाई असर नपर्ने गरी वार्ता र संवादमार्फत समाधान खोज्न आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि उनले आग्रह गरेका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar