१२ श्रावण,काठमाडाैं । नारायणी अस्पताल वीरगञ्जका चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभर स्वास्थ्य सेवा प्रभावित भएपछि राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ।
आयोगले चिकित्सकमाथि कुटपिट र स्वास्थ्य संस्थामा तोडफोड जस्ता घटना निन्दनीय भएको भन्दै यस्ता गतिविधिले कानुनी शासनमाथि चुनौती थप्ने जनाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार घटनाबारे स्थलगत अनुगमनसमेत गरिएको छ। आन्दोलनका कारण आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द हुँदा बिरामी उपचारबाट वञ्चित भएको आयोगले जनाएको छ। स्वास्थ्य सेवा अत्यावश्यक क्षेत्र भएकाले नागरिकको स्वास्थ्य अधिकार प्रभावित हुने भन्दै आयोगले सेवा नियमित गर्न आग्रह गरेको छ। आयोगले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।
साथै, सरकार, आन्दोलनरत चिकित्सक, मृतकका परिवार र सम्बन्धित पक्षलाई वार्ता तथा संवादमार्फत समस्या समाधान गर्न अपिल गरेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar