१३ श्रावण, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास तथा पश्चिम नेपालमा सरदरभन्दा उत्तरतर्फ रहेको छ । यसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बागमतीका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भू-भागका धेरै स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराईका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको तराई र मधेसका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थान तथा सुदूरपश्चिम तराईका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने, पहाडी तथा केही तराई क्षेत्रमा चट्याङ्गसहित वर्षा जारी रहने तथा कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका एक / दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar