|  

लिग २ क्रिकेटः नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

१३ श्रावण, काठमाडौं ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

खेल युट्रेक्टमा दिउँसो पौने ३ बजे सुरु हुनेछ । नेपालले यसअघि खेलेका तीनवटै खेल गुमाएको छ भने अपराजित नेदरल्यान्ड्स तेस्रो खेल खेल्दैछ । लगातारको हारपछि नेपालको शीर्ष ४ मा रहँदै सिधै विश्वकप छनोट खेल्ने सम्भावना कमजोर बनेको छ ।

हाल अंकतालिकामा नेपाल ३१ खेलबाट २४ अंकसहित छैटौं स्थानमा छ भने नेदरल्यान्ड्स ३० खेलबाट ३६ अंकसहित तेस्रो स्थानमा रहेको छ । आजको खेलमा पराजित भए नेपालको शीर्ष ४ मा पुग्ने सम्भावना लगभग समाप्त हुनेछ।