|  

आजपनि आकस्मिकबाहेकका सबै सेवा बन्द

१३ श्रावण, काठमाडौं ।  नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा तोडफोडमा संलग्नमाथि कडा कानुनी कारबाही नभएको भन्दै संघ आन्दोलनमा उत्रिएको हो।

आन्दोलनअन्तर्गत आज बिहान १० बजे काठमाडौंको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।