|  

पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना

१३ श्रावण, काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई बिरामी परेपछि अस्पताल भर्ना भएका छन् ।

मंगलबार बेलुका अचानक तीव्र चक्कर आउने र वान्ता हुने समस्या देखिएपछि उनलाई धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो।

भट्टराईमा ‘बेनिन प्याराक्सिजमल पोजिसनल भर्टिगो’ बीपीपीभीको लक्षण देखिएको पुष्टि गरेका छन्।

बीपीपीभी कानको भित्री भागमा आउने गडबडीका कारण टाउकोको स्थिति परिवर्तन हुँदा अचानक चक्कर आउने एक प्रकारको स्वास्थ्य समस्या हो।

भट्टराईका अन्य सबै स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य रहेको र अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको परिवारजनले जनाएका छन्।