|  

सुनसरी घटनाको विरोधमा सप्तरीमा प्रदर्शन, राजबिराज बन्द

१३ श्रावण, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा प्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको विरोध गर्दै सप्तरी सदरमुकाम राजबिराज बन्द गरिएको छ ।

हनुमानगर बजार पनि बन्द गरिएको छ । तिरहुत गाउँपालिका-४ डिमनमा हुलाकी सडकखण्ड अवरुद्ध पारी प्रदर्शन भइरहेको छ ।

यसअघि कन्चनरुप नगरपालिका वडानम्बर – ११ सिमरा चोकमा युवाहरुले टायर बालेर पूर्वपश्चिम राजमार्गमा केहीबेर चक्काजाम गरेका थिए ।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, पीडितलाई निःशुल्क उपचार र क्षतिपूर्ति तथा दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।