|  

मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त बन्ने बाटो खुल्यो, संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन

१३ श्रावण, काठमाडाैं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

बुधबार बसेको समितिको बैठकले तीनै जनाको नाम अनुमोदन गर्दै नियुक्तिको प्रक्रिया अघि बढाउने बाटो खुला गरेको हो। यसअघि मंगलबार गुरु वाग्ले र डा. राजीव सुब्बाको संसदीय सुनुवाइ सम्पन्न भएको थियो भने प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका कार्कीको सुनुवाइ बुधबार भएको हो। सुनुवाइपछि समितिले तीनै जनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।