१३ श्रावण, काठमाडाैं । सुनसरीको देवानगञ्ज-३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई लिएर सुरक्षा निकायहरूले साझा धारणा बनाउँदै सरकारलाई राजनीतिक र सामाजिक पहलमार्फत समाधान खोज्न सुझाव दिएका छन्।
मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा सुरक्षा प्रमुखहरूले घटनालाई केवल सुरक्षा कमजोरीका रूपमा मात्र हेर्न नहुने निष्कर्ष निकाल्दै सामाजिक, धार्मिक र राजनीतिक समन्वय आवश्यक रहेको बताएका हुन्। घटनाको असर छिमेकी जिल्लासम्म फैलिन सक्ने जोखिम देखिएपछि सम्भावित अवस्था र नियन्त्रणका उपायबारे गृहमन्त्री सुधन गुरुङलाई ब्रिफिङ गरिएको थियो। छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए। सुरक्षा अधिकारीहरूले सुरक्षाकर्मीको संख्या बढाएर मात्रै समस्या समाधान नहुने भन्दै राजनीतिक दलको सक्रिय पहलबाट सद्भाव कायम गर्नुपर्नेमा जोड दिएका थिए। सुरक्षा निकायको सुझावपछि रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका थिए। बुधबार केन्द्रमा सर्वदलीय बैठक बसेको छ भने कोशी प्रदेश सरकारले पनि प्रदेशस्तरीय छलफल गरेको छ।
यसैबीच, सुनसरीसहित तराईका संवेदनशील जिल्लामा सुरक्षा निगरानी बढाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका टोली संयुक्त रूपमा परिचालन गरिएको छ।देवानगञ्ज घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा नेतृत्वको पाँच सदस्यीय टोली बुधबार घटनास्थल पुगेको छ। टोलीलाई घटनाको सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु र नौ जना घाइते भएपछि तनावग्रस्त बनेको कप्तानगञ्ज क्षेत्रमा बुधबार दिउँसोसम्म अवस्था सामान्य बन्दै गएको सुरक्षा निकायले जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar