१३ श्रावण, काठमाडाैं । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी. बस्नेतले सहकारी क्षेत्रसँग पर्याप्त परामर्श र समन्वय नगरी नयाँ सहकारी ऐन ल्याइए स्वीकार्य नहुने चेतावनी दिनुभएको छ ।
वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन)को सातौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुअघि सरोकारवालासँग कुनै छलफल नगरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । उहाँले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव तथा सहसचिवसँग भेट गरी अध्यादेशबारे आपत्ति जनाएको पनि बताउनु भयो । उहाँले अध्यादेश जारी गर्नुअघि सहकारी अभियानसँग परामर्श नगरिएको विषयमा प्रश्न उठाउँदा मन्त्रालयका कर्मचारीहरूले आफूहरूलाई समेत पूर्वजानकारी नभएको जवाफ दिएको बताउनु भयो । उपाध्यक्ष बस्नेतले नयाँ सहकारी ऐनको मस्यौदा तयार भइरहेको सूचना पाएको उल्लेख गर्दै सहकारी अभियानलाई जानकारी नदिई वा सुझाव नलिई ऐन ल्याइए आफूहरुलाई मान्य नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘महासंघ आफ्ना सदस्य संस्थाहरुलाई बचाउनको लागि सरकारसँग लविङ्ग गरिरहेको छ । सरकारले ल्याएको अध्यादेशबाट हामी पनि अचम्मित छौँ । यो विषयमा दुई दिन अगाडी मात्रै हामी मन्त्रालयमा पुगेर मन्त्रालयको सहसचिव, सचिवहरुसँग कुरा पनि गरेका छौँ र तपाईहरुले त्यो अध्यादेश ल्याउनुभन्दा अगाडी किन सोध्नु भएन ? तपाईहरुले ल्याएको अध्यादेशको प्रति हाम्रो चाहिँ विमती छ भन्नेकुरा तपाईहरुले बुझ्नु पर्छ कि पर्दैन भन्ने कुराहरु हामीले राख्यौँ । र कर्मचारीको तर्फबाट हामीलाई के जवाफ आयो भने हामीले पनि थाहा पायौं, अभियानलाई जो जसका लागि लागु हुने हो उनीहरुलाई सोध्नुपथ्र्यो । अब आउने बेलासम्म पनि हामीलाई थाहा भएन भन्नेकुरा गर्नुभयो । अहिले ड्राफ्ट हुँदैछ भन्ने सुन्न्या छौँँ । नयाँ पूरै ऐन, त्यो कुरा चाहीँ हामीले थाहा नपाइकन ऐन तपाईहरुले ल्याउनुभयो भने त्यो चाहिँ हामी स्वीकार्ने र मान्ने पक्षमा छैनौँ भनेर भन्या छौँ । हाम्रो ठाउँमा आइपुग्ने बित्तिकै हामीले ड्राफ्ट गर्ने भन्या छ, सरकारले निर्णय गर्या छ, हाम्रो तर्फबाट काम शुरु भएको छैन, सचिवज्युले भन्नुभयो । अर्को कुरा, प्रवर्धन कोषको पैसा अब हाम्रो अभियानले जम्मा गर्न छोडिसक्यो, तपाईहरुले यसलाई किन ऐनमा भएको कुरालाई कार्यन्वयन गर्नु भएन ? अब तपाईहरु यसलाई कार्यन्वयन गर्नु हुन्छ वा हामी अदालत जाऔँ, भन्ने कुरा हामी सोधेका थियौँ । उहाँले अहिले अब प्रवर्धन कोष विभागमा बस्ने भनेर भन्या छ भन्नुभयो ।’
सहकारी प्रवद्र्धन कोषको व्यवस्थापन सहकारी विभागमार्फत गर्ने तयारी भइरहेको जानकारी पाएको समेत उपाध्यक्ष बस्नेतको भनाइ छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar