१३ श्रावण, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मुख्य मुख्य निर्णयहरू बैठकलगत्तै सार्वजनिक गरेका हुन् । उनका अनुसार विभिन्न ९ विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने लगायतका निर्णय भएको छ ।
यी हुन् सरकारले संघीय संसद्मा पेश गर्न स्वीकृत दिएका विधेयकहरू–
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक ।
खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।
संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक ।
बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक ।
आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक ।
कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar