|  

विश्वकप क्रिकेट लिग २ मा नेपालको लगातार चौथो हार

१४ श्रावण, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो खेलमा पनि नेपाल पराजित भएको छ ।

यसअघि नेपाल आयोजक नेदरल्याण्डससँग एक तथा नामिवियासँग २ खेलमा पराजित भैसकेको छ । हिजो घरेलु टोली नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमा अलआउट भएसँगै पराजित भयो ।

नेपालको ३२ खेलमा २४ अंक छ । नेपालले बाँकी ४ मध्ये १ मात्र खेल हारे पनि शीर्ष ४ मा पर्ने सम्भावना पूर्णरूपमा सकिनेछ । नेपालले ओमान र क्यानडासँगको शृङ्खला खेल्न बाँकी छ ।