|  

इरानको मिसाइल आक्रमणपछि ट्रम्पको कडा चेतावनी, भनेः उनीहरूको औकात देखाइदिन्छौँ

१४ श्रावण, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान इरानविरुद्ध निकै आक्रामक अभिव्यक्ति प्रयोग गर्दै कडा चेतावनी दिएका छन् ।

यसअघि राति इरानले जोर्डनमा रहेका अमेरिकी सैनिकलाई लक्षित गर्दै अचानक मिसाइल आक्रमण गरेको थियो ।

ट्रम्पले भने, ‘हामी उनीहरूलाई उनीहरूको औकात देखाइदिन्छौँ ।’उनले थपे, ‘हामी उनीहरूमाथि अत्यन्त शक्तिशाली आक्रमण गर्नेछौँ। उनीहरूले गतिलो जवाफ पाउनेछन् ।’