|  

सिरहा झडपमा घाइते किशोरको मृत्यु, क्षेत्रमा सुरक्षा व्यवस्था कडा

१४  श्रावण, काठमाडाैं ।  सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार औरही गाउँपालिका-२ का करिब १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको हो। घटनापछि सिरहाका विभिन्न क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। सम्भावित अप्रिय घटना रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ। यसअघि सिरहाका केही क्षेत्रमा कर्फ्यू आदेशसमेत जारी गरिएको थियो।