|  

गृह प्रशासनमाथिका प्रश्न गम्भीर छन् : रास्वपा नेता झा

१४ श्रावण,काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले पछिल्ला घटनाक्रमपछि गृह प्रशासनको भूमिकामाथि उठेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।

रास्वपा सभापति रवि लामिछानेसँग मधेसका सांसदहरूको भेटपछि प्रतिक्रिया दिँदै झाले गृहमन्त्री सुधन गुरुङ आफैं आन्दोलनबाट आएको व्यक्ति भएकाले जनताका पीडा बुझ्न सक्ने अपेक्षा व्यक्त गरे। उनले सुनसरी घटनामा राज्यको सक्रियता र तदारुकता पर्याप्त नभएको टिप्पणी गर्दै मृतकका परिवारलाई उचित राहत, सान्त्वना र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताए। झाले सुनसरी घटनाको प्रभाव विस्तार हुँदै जनकपुरसमेत असहज अवस्थामा पुगेको दाबी गरे। जनकपुरमा बजार तथा पसल बन्द रहेको र विभिन्न स्थानमा प्रदर्शन भइरहेकाले सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गरे।

पछिल्लो परिस्थितिको समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ।