|  

सप्तरीका राजविराज र बोदेबरसाईनमा अनिश्चितकालीन कर्फ्यु

१५ श्रावण, काठमाडौं । सुनसरीको देवानगञ्ज घटनापछि बढेको तनावका बीच सप्तरीको राजविराज क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरेको हो । यसअघि बिहीबार राति १० बजेदेखि बोदेबरसाईन नगरपालिकामा पनि कर्फ्यु जारी गरिएको थियो।

प्रशासनले कर्फ्यु उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिँदै सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। कर्फ्युको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेनाले गस्ती गरिरहेको छ।