|  

धनुषाको हनुमान मन्दिरमा एक व्यक्तिको ह#त्या

१५ श्रावण, काठमाडौं ।धनुषाको सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ ।

धनुषाको हँसपुर नगरपालिका–३ मलहनिया घर भई रघुनाथपुरको हनुमान मन्दिरमा राति बस्दै आएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको हत्या भएको हो ।

गएराति उनको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।