|  

ब्रोड पिक हिमपहिरो अपडेटः ४ जनाको श#व फेला

१५ श्रावण, काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि बेपत्ता भएका आरोहीमध्ये चार जनाको शव फेला परेको छ।

उद्धारमा खटिएको टोलीले चार वटा शव फेला पारेको पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिए पनि घटनाको स्वतन्त्र पुष्टि भने हुन बाँकी रहेको छ।