|  

मधेसका नेताहरूसँग प्रधानमन्त्रीले गरे सिंहदरबारमा छलफल

१५ श्रावण, काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीलगायत मधेशका केही जिल्लामा देखिएको तनाव समाधानका लागि मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल थालेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, सीके राउतलगायत मधेशकेन्द्रित दलका नेताहरू सहभागी छन्।

छलफलमा पछिल्लो सुरक्षा अवस्था र समाधानका उपायबारे विचारविमर्श भइरहेको छ।