|  

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ? 

१५ श्रावण, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (सुनचाँदी)को मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा एक हजार रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले वृद्धि भएको हो । त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ५० रुपैयाँले वृद्धि भएको हो।