|  

स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

१५ श्रावण, काठमाडाैं । एनसेल स्मार्ट सेलसँग सम्बन्धित कथित अनियमितता प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुर महानगरपालिका-२३ धापाखेलबाट उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार स्मार्ट सेल प्रकरणमा थप अनुसन्धानका लागि भण्डारीलाई पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक नोक्सानी पुर्‍याइएको आरोपमा उनीमाथि छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ। भण्डारी यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको कार्यकालमा विज्ञका रूपमा मन्त्रीको सचिवालयमा कार्यरत थिए। त्यसपछि टेरामक्स प्रकरणमा तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेपछि उनी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए।

यस प्रकरणमा सीआईबीले सम्पत्ति बिक्री प्रक्रिया, निर्णय प्रक्रिया तथा त्यससँग सम्बन्धित अन्य पक्षमाथि समेत अनुसन्धान जारी राखेको जनाएको छ।