|  

जसले आगो लगाए पनि निभाउने दायित्व कांग्रेसको होः गगन थापा

१५ श्रावण, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापाले समाजमा सहिष्णुता कायमका लागि जिम्मेवार ढंगले क्रियाशील हुन जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

कोशी र मधेस प्रदेशका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूसँगको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् ।

‘जसले आगो लगाए पनि निभाउने दायित्व कांग्रेसको हो । हामीले सहिष्णुता कायम गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर क्रियाशील हुनुहोला । कांग्रेस जिम्मेवार दल हो । सम्हाल्ने दायित्व हाम्रो हो,’उनको भनाइ छ ।