|  

निखिल उप्रेतीको ‘आचार्य’ असोज ९ मा प्रदर्शन हुने

१५ श्रावण, काठमाडाैं । अभिनेता निखिल उप्रेतीको आगामी फिल्म ‘आचार्य’ को प्रदर्शन मिति सार्वजनिक भएको छ।

फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले आगामी असोज ९ गते (२५ सेप्टेम्बर) बाट फिल्म प्रदर्शनमा आउने जानकारी दिएको हो। सार्वजनिक पोस्टरमा निखिललाई एक्सन अवतारमा देखाइएको छ। पोस्टरमा बाज, पहाडी परिवेश र युद्धसँग जोडिएका संकेतहरूले फिल्मको कथावस्तु झल्काउने प्रयास गरिएको छ। निखिलका अनुसार ‘आचार्य’ कुनै जात वा समुदायलाई जनाउने शब्द नभई युद्ध र कूटनीतिमा दक्ष गुरुको अर्थ बोकेको पात्र हो। दार्शनिक पक्ष समेटिएको यस फिल्ममा निखिल स्वयं मुख्य भूमिकामा छन्।

निखिल उप्रेती प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा पूर्णिका सिजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया र भारतीय कलाकार दीपराज राणालगायतको अभिनय रहेको छ। फिल्मको पटकथा पनि निखिलले नै लेखेका हुन् भने यसको छायांकन नेपाल र भारतमा गरिएको छ।