१५ श्रावण, काठमाडाैं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गरी योग्यता प्रणालीमा आधारित नियुक्ति प्रक्रिया लागू गरिएको बताउनुभएको छ ।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थामा भएका राजनीतिक नियुक्ति खारेज गरी खुला प्रतिष्पर्धामार्फत पदपूर्ति गरिएको जानकारी दिनुभएको हो । उहाँकाअनुसार हाल नौ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेका छन् भने बाँकी विश्वविद्यालयहरुमा नियुक्ति प्रक्रिया अगाडि बढेको बताउनु भयो । उहाँले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष, सदस्यसहित अन्य उच्च पदस्थ पदाधिकारीको नियुक्ति सम्पन्न भइसकेको तथा बाँकी रिक्त पदहरूको पदपूर्ति प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । मन्त्री पोखरेलले नेपालमा पहिलो पटक सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपविना विज्ञ टोलीमार्फत खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त गरिएको दाबी गर्नुभयो । उहाँले विश्वविद्यालयमा सुशासन कायम गर्न, शैक्षिक वातावरण सुधार गर्न तथा वार्षिक शैक्षिक क्यालेण्डर तयार गरी कार्यान्वयन गर्न निर्देशन दिइएको उल्लेख गर्दै हाल सबै विश्वविद्यालयले वार्षिक क्यालेण्डर तयार गरिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उच्च शिक्षालाई दलगत राजनीतिबाट मुक्त गरी योग्यता प्रणालीमा आधारित शिक्षाको सुनिश्चितताका लागि विश्वविद्यालय लगायत शैक्षिक संस्थामा भएको मनोनयन खारेज गरिएको हो । हाल ९ वटा विश्वविद्यालयहरुमा उपकुलपति नियुक्त भइसकेका छन् । त्रिवि सेवा आयोगको अध्यक्ष, सदस्य लगायत अन्य उच्च पदस्थ पदाधिकारीहरुको नियुक्ति पनि भइसकेको छ । र अन्य रिक्त रहेका केही संस्थाहरुमा पदपुर्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सम्भवतः नेपालमा पहिलो पटक सम्पूर्ण विश्वविद्यालयहरुमा खुला प्रतिस्पर्धामार्फत कुनैपनि राजनीतिक हस्तक्षेप नभईकन विज्ञ टोली गठन गरेर उपकुलपतिहरुको नियुक्ति गरेका छौँ । साथै सुशासन कायम गर्न, शैक्षिक वातावरणमा सुधार गरी सम्पूर्ण विश्वविद्यालयहरुलाई वार्शिक क्यालेण्डर निर्माण गरी कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ । र हालसम्म सबै विश्वविद्यालयहरुले क्यालेण्डर निर्माण गरिसकेको अवस्था छ ।’
उहाँले अन्य विश्वविद्यालयहरुको ऐनमा रहेको व्यवस्थाका कारण उपकुलपति नियुक्तिमा ढिलाई भइरहेको बताउनु भयो । उहाँले कक्षा १२ को नतिजा प्रकाशनको क्रममा कुनैपनि लापरवाही नभएको समेत दाबी गर्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar